Deusi Bhailo Program

“ईनास मेरिल्याण्डको कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट!”

अन्तराष्ट्रीय कलाकार संगठन (ईनास ) मेरिल्याण्ड च्याप्टरको शूभ – दीपावली शुभकामना कार्यक्रम र देउसी भैलो एउटा बेग्लै इतिहास रच्दै भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा ईनास मेरिल्याण्ड ले सहयोग गर्ने सम्पुर्ण सहयोगीहातहरू सवै धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका मेरिल्याण्ड र पेन्सिलभेनिया राज्यका अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेमराजा महत, विशिष्ट अतिथि डेलिगेट डा. ह्यरी भन्डारी, विशिष्ट अतिथि ईनास केन्द्र अध्यक्ष राहुल के .सी . विशिष्ट अतिथि ईनास केन्द्र प्रवक्ता गोपाल चन्द्र लामीछाने , विशिष्ट अतिथि INAS Maryland का संरक्षक तथा निःवर्तमान अध्यक्ष गायक सृजन ताम्राकार, विशिष्ट अतिथि ईनास MD संरक्षक तथा वानाका अध्यक्ष शुवोध विलास पन्थ, विशिष्ट अतिथि अध्यक्ष निर थापा, विशिष्ट अतिथि वाना उपाध्यक्ष भीम के सी, विशिष्ट अतिथि अमर छन्त्याल मोना संस्थापक अध्यक्ष अमेरिका , पर्वत समाज अध्यक्ष तथा ईनास MD सल्लाहाकार रविन शर्मा को विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण रहेको लाईभ म्यूज़िकका सम्पुर्ण संगीतकर्मी कलाकार साथीहरु जसको महिनौको अथक मेहनत र समर्पणको उच्च मुल्यांकन गर्दै बाधबाधक म्यूजिसियनहरू किवोडमा वरिष्ठ गायक तुलसी पराजुली, ड्रमर राजेश खड्गी , वासुरीवाधक गायक अमृत रामदाम , रिदममा गायक राजु ढंगेल र खिम मस्रंगी गीतारमा सुजन रामदाम, सारंगी वाधक विराज रामदाम हार्मोनियममा ईनास MDका अध्यक्ष तथा संगीतकर्मी लक्ष्मण पौडेल साथै लाईभ गायन महिलामा अन्जना गुरूगं, शान्ती भन्डारी, कल्पना देवकोटा , स्वरूपा रसाईली र उषा लामा लगायत सम्पुर्ण कलाकारहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं।

 

श्रोतादर्शकहरु व्यापक सहभागिता रहेको उक्त कार्यक्रमको बारेमा कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका मेरिल्याण्ड र पेन्सिलभेनियाका लागि अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेम राजा महतज्युले आफ्नो समाजिक सञ्जाल फ़ेसबुक मार्फत यसरी खुलेर प्रशंसा गरेका थिए ।

“कलाकारहरूको संगठन ईनास मेरिल्याण्डलाई हार्दिक बधाई ।

शुभ दीपावलीको उपलक्ष्यमा हिजो अमेरिकाको बाल्टिमोरमा आयोजना गरिएको देउसी भैलो अर्थात् सांस्कृतिक कार्यक्रम अहिले सम्मकै उत्कृष्ट रह्यो।आठ बजे देखी १२ बजे सम्म लगातार कार्यक्रम हेर्दा कहिं कतै बोरै नलाग्ने यति राम्रो,रमाईलो र सभ्य प्रोग्राम निकै कम हुने गर्छ।यस्तो भब्य कार्यक्रम हेर्ने र उद्घाटन गर्ने मौका दिने ईनास का नवनिर्वाचित अध्यक्ष लक्ष्मण पौडेल भाई,कलाकार संयोजक राजु ढुंगेल छोरा,कार्यक्रम संयोजक शान्ती भण्डारी बैनी र सम्पूर्ण आयोजक टिम प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।साथ मा बानाका अध्यक्ष सुबोध पन्त, ईनास अमेरिका का अध्यक्ष राहुल के सी, मेरा साथीहरू खेम शर्मा, शिब हरि पौडेल,शान्ती भण्डारी, ढाका राम भाई, अन्जु बैनी र सबै दर्शक ज्यूहरूलाई धन्यवाद ।”